प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरुः विवादित मन्त्री गुप्ता पनि सहभागी


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद् बैठक सुरु भएको छ । यो बैठक सरकारका नियमित कामकारबाही र आवश्यक निर्णयहरूका लागि बसेको हो ।
विशेषगरी, कर्मचारीको सरुवामा घुसको ’डिल’ गरेको अभियोग लागेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि बैठकमा सहभागी छन् ।
मन्त्री गुप्ताले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने आवाज उठिरहे पनि हालसम्म कुनै निर्णय भएको छैन ।