मन्त्रिपरिषद् बैठक : घुस प्रकरणमा मन्त्री गुप्ताबारे भएन छलफल
No Author Assigned | २०८२ असार ३० गते ०९:५१
काठमाडौं । घुस संवाद सार्वजनिक भएपछि विवादमा तानिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे मन्त्रिपरिषद् बैठकमा कुनै छलफल भएन ।
सोमबार साँझ बसेको बैठकमा सहभागी एक मन्त्रीले भने, ‘उहाँबारे कसैले कुरा उठाउनुभएन, एजेन्डा नभएपछि छलफल हुने कुरा भएन।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहानै मन्त्री गुप्तालाई बालुवाटार बोलाएर छलफल गरेका थिए । स्रोतका अनुसार, उनलाई राजीनामा गराउने तयारी पनि भएको थियो ।
तर, साँझको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता स्वयं सहभागी भए पनि उनीमाथि कुनै छलफल नभएको ती मन्त्रीले बताए ।
Facebook Comments