Ad Image

बिमा प्राधिकरणका अध्यक्ष ओझामाथि छानबिन गर्न समिति गठन

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sharad-ojha-2422025050001-1000x0.jpg

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता र कार्यशैलीमाथि छानबिन गर्न सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा यो समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री सदस्यका रूपमा रहेका छन् । सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको अवस्थामा सरकारले यो समिति बनाएको हो ।

एक मन्त्रीका अनुसार, ‘यो समितिलाई पनि उनको योग्यता र कार्यशैलीप्रति छानबिन गर्न म्यान्डेट दिइएको छ।’