Ad Image

भ्रष्टाचारमा मुछिएका मन्त्री बर्खास्त हुँदैन, विपक्षी पनि कर्मकाण्डी राजीनामा माग्छन् : शेखर कोइराला

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Sekhar_koirala.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई बर्खास्त नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् उनले मन्त्रीहरुले गरेको भ्रष्टाचारको प्रमाण जुटेपछि बर्खास्त गर्नु पर्नेमा नगरेको भन्दै  यस्तै रहेछ यहाँको चलन भनेर टिप्पणी गरेका छन् । 

विपक्षी दलले पनि मन्त्रीहरूले गर्ने भ्रष्टाचारमा कर्मकाण्डीका लागि मात्र राजीनामा मागेको  र गठबन्धनका सहयात्री नेपाली कांग्रेस भने साक्षी किनाराका सदर भएको बताएका छन् । 

भ्रष्टाचार आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई इंगित गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री क्वाटरमा बिहानै आएर विचौलियाले घुसको ब्रिफकेस छाड्छन्। आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन् ।’ 

उनले अगाडि भनेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ।’ घुस डील प्रकरणमा मुछिएका एमालेका नेता समेत रहेका मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने माग चौतर्फी रुपमा उठिरहेको छ ।