Ad Image

हेलिकप्टरमार्फत नवजात शिशु र आमाको उद्धार

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/hawai1.PNG

रुकुम पश्चिम । रुकुम जिल्लाको आठबिसकोट नगरपालिका–४ गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज बिहान  गोतामकोटकी २२ वर्षीया अर्चना विक र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो । 

सोमवार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको आठविसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए ।

नगर अस्पतालमा उपचार सम्भव नभएपछि विक र उनको नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो । नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आमाबच्चाको उद्धार गरिएको नगरपालिकाले जनाएको छ ।