Ad Image

छाउगोठबारे सांसद चन्दले भनिन्–तीनै तहको सरकार पन्छिने अनि दोष कुलदेवतालाई लगाउने ?

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/renu chand.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गरेकी छन् । उनले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गरेकी छन्।
 
राष्ट्रिय सभाको आजको बैठकमा आकस्मिक समयमा सांसद चन्दले छाउपडी प्रथालाई निरन्तरता  दिने व्यक्ति र जनप्रतिनिधिलाई राजनीतिक सदस्यता नदिन राजनीतिक दलहरुलाई आह्वान गरिन् । उनले छाउगोठमा मृत्यु भएकी २८ वर्षीया कमला आउजीप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै कुप्रथालाई निरन्तरता दिनेलाई कानुनी कार्बाहीको दायरामा ल्याउन सभा अध्यक्षमार्फत सरकारसँग माग गरिन्।
 
कञ्चनपुरको कृष्णपुर नगपालिकामा छाउगोठमा सुतेका बेला सर्पले डसेर आउजीको मृत्यु भएको थियो । “कानुनी रुपमा गोठ राख्न पाइन्छ कि पाइँदैन? कसुरजन्य अपराधलाई प्रशय दिनेहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ”, सांसद चन्दले भनिन्, “तीनै तहको सरकार पन्छिने, परिवार समाज पन्छिने अनि सबै दोष कुलदेवतालाई लगाउने ?”