निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीमा डुबेर बालकको मृ*त्यु


काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–५, जाखामा निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर एक ५ वर्षीय बालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा अभिषेक मगर रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
सेफ्टी ट्याङ्कीमा डुबेर गम्भीर घाइते भएका मगरलाई तत्काल कीर्तिपुर अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।