Ad Image

आगामी चुनावमा कांग्रेस एक्लै लड्छ : महामन्त्री शर्मा

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/photo 31 asar.jpeg

बारा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी आमनिर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने र आफ्नो पार्टीबाहेकको चुनाव चिह्नमा मत हाल्नुपर्ने अवस्था नआउने बताएका छन् ।

बारा सदरमुकाम कलैयामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनका कारण विगतमा साइकल, मसाल, कलमजस्ता चुनाव चिह्नमा भोट हाल्ने बाध्यता भए पनि वि.सं. २०८४ को आमनिर्वाचनमा त्यस्तो अवस्था नआउने स्पष्ट पारे ।

महामन्त्री शर्माले देशको हरेक परिवर्तनमा अतुलनीय योगदान रहेको कांग्रेसको चुनाव चिह्नमा मत हाल्न जनता आतुर रहेको भन्दै अब कसैसँग कुनै प्रकारको गठबन्धन नगरी पार्टीले नै चुनाव लड्ने बताए ।

उनले २०८४ मा पार्टीले बहुमतको सरकार बनाउने गरी अहिलेदेखि नै जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।

“जहिले पनि कांग्रेस देश विकास, समृद्धि, दण्डहीनताको अन्त्य, विधिको शासन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई ग्यारेन्टी गराउन पूर्ण प्रतिबद्ध छ,“ शर्माले भने, “आगामी आमनिर्वाचनपछि आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर ती प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्छ। त्यसैले फुटेर होइन, जुटेर अगाडि बढौँ।“

उनले हाल गठबन्धन सरकारमा रहेका आफ्ना मन्त्रीहरूले गरेका राम्रा कामबारे बढीभन्दा बढी प्रचार गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

महामन्त्री शर्माले पार्टीले सहमति, सहकार्य र एकताको सन्देश दिने र त्यसका लागि आगामी २०८३ सालमा महाधिवेशन हुने धारणा पनि राखे ।