मन्त्री गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्छ : सूर्य थापा

No Author Assigned | २०८२ असार ३२ गते १०:५२
Image of https://mayorsap.com/storage/photos/10/surya-thapa.jpg

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणमा ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्ने बताएका छन् ।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुप्ताको राजीनामा अडिओ काण्ड फासफुस गराउनका लागि नभएको दाबी गरेका छन्।उनले उक्त अडियोको आवाजमा को को संलग्न छन् ? अविलम्ब छानबिन गर्नुपर्ने माग गरेका छन् । 

दोषी ठहरिएमा कसैले उन्मुक्ति पाउन नहुने उल्लेख गर्दै उनले झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू जो कोहीलाई छानबिनको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

उनले भनेका छन्– ‘ती सक्कली हुन् कि नक्कली ? वास्तविक आवाज हो कि प्रविधिको कमाल ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अविलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिएर छानबिन गरी ‘दूधको दूध, पानीको पानी’ छुट्याउनु पर्छ।’ थापाले एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस बन्नु नहुनेमा जोड दिएका छन् । 

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिनुको अर्थ यस विषयको गम्भीरतालाई मध्यनजर गरी गम्भीर छानबिन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ’, प्रतिनिधि सभा सदस्य थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस प्रकरणमा विवादास्पद अडिओको आवाजमा कोको संलग्न रहेका छन् ? ती सक्कली हुन् कि नक्कली ? राज्यका अनुसन्धान गर्ने निकायहरूले अविलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडिओमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानबिन गरी दुधको दुध, पानीको पानी छुट्याउनुपर्छ। दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनु हुँदैन। झोसपोलवाला, बिचौलिया धन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानबिनको दायराभन्दा बाहिर रहनुहुँदैन। विषयको उठान आरोप(प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुनरगर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो।’


Facebook Comments