कोइराला निवास गुट होइन, कांग्रेसको 'पवित्र भूमि' हो : बालकृष्ण खाँण


काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले कोइराला निवासलाई गुटको नभई साझा ‘पवित्र भूमि’ भएको बताएका छन् । उनले कोइराला परिवारको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।
खाँणले सभापति शेरबहादुर देउवा सफल भए मात्र पार्टी सफल हुने बताए । पार्टीको १५औँ महाधिवेशन विधान अनुसार पाँच वर्षभित्रै सम्पन्न हुने स्पष्ट पारे । उनले आगामी महाधिवेशनमा नेता चयन गुटभन्दा माथि उठेर गर्नुपर्नेमा जोड दिए ।
सरकारबारे बोल्दै खाँणले गठबन्धन अहिलेको जनादेशको आवश्यकता भएको र २०८४ सालको चुनावसम्म यसलाई निरन्तरता दिने लक्ष्य रहेको उल्लेख गरे । उनले ‘पढ्दै कमाउँदै’ र हरित हाइड्रोजन उत्पादनजस्ता सरकारी कामको प्रशंसा गर्दै कमीकमजोरी सुधार्ने प्रयास भइरहेको बताए ।
पार्टी अनुशासन समितिको कारबाहीलाई उनले प्रक्रियागत भन्दै केन्द्रीय समितिले समीक्षा गर्ने जानकारी दिए ।