Ad Image

सुनसरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/deadbody1662053113.jpg

सुनसरी । जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जन्ताचोकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा नरसिंह–३ का ३५ वर्षीय सुदिन यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश१–०२–००२ख ०२४० नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश१–०२–०४३प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । ठक्कर दिने टिपर र चालक भोक्राहा नरसिंह गाउपालिका–२ का २८ वर्षीय जयप्रकाश मेहतालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।