डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी

रुपन्देही । रुपन्देहीको तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ करोड भन्दा बढी बचत अपचलन भएको सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
तीनसय बढी वचतकर्ताहरुले मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को दफा २४९ बमोजिम कारवाहीको माग गर्दै प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकहरुविरुद्ध निवेदन दिएका थिए ।
सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा क्षेत्री लगायत अधिकांश पदाधिकारी र सञ्चालक समिति सदस्य नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता छन् ।
सहकारीमा एउटै दल निकट र अध्यक्ष पक्षधरहरु हावी भएपछि बदमासी भएको र ऐन, विधिको कुरा उठाउनेहरुलाई सञ्चालकमा आउन रोक्ने गरिएको सेयर सदस्यहरुको गुनासो छ ।