Ad Image

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता हुँदै

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/oli-bidhya.jpg

काठमाडौं । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता हुने भएको छ ।

दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा पुनरागमनबारे देखिएको विवाद समाधान गर्न ओली र भण्डारीबीच छलफल हुनुपर्ने सुझाव अधिकांश पोलिटब्युरो सदस्यहरूले दिएका थिए । सोही सुझावअनुसार अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए ।

साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि नै यो विषय टुङ्ग्याउनुपर्ने ’म्यान्डेट’ अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन् । यो भेटपछि नै भण्डारीलाई पार्टीमा दिइने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुङ्गो लाग्नेछ ।