राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो


काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका पूर्व मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ । आयोगले मंगलवारसम्म कार्यालयमा उपस्थित हुनका लागि पूर्वमन्त्री गुप्तालाई बोलाएको हो ।
घुस अडियोका बारेमा गुप्तासँग सोधपुछ गर्नुका साथै अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउन आयोगले उनलाई बोलाएको हो । घुस प्रकरणमा सार्वजनिक भएको अडियोको परीक्षणका लागि अख्तियारले पूर्वमन्त्री गुप्ताको आवाजको नमुना समेत लिनेछ ।
भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको थियो । उक्त अडियो सार्वजनिक भएपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।