Ad Image

फेक अडियो बनाएको घटनामा राजकुमार तिम्सिना पक्राउ

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/arrested_g8ZbKF0tpq_ZBzFzAwymg.jpg

मोरङ। फेक अडियो बनाएको घटनामा मुछिएका राजकुमार तिम्सिना पक्राउ परेका छन्। सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर फेक अडियो बनाएको घटनामा सर्वोच्च अदालतबाट ६ महिना कैदको फैसला भएका तिम्सिनालाई आइतवार प्रहरीले इटहरीबाट पक्राउ गरेको हो । 

सर्वोच्चको फैसलापछि फरार थिए । तिम्सिना इटहरी–५ पचरुकीमा लेनदेन विवादमा जोडिएपछि पक्राउ परेका थिए । अनुसन्धानका क्रममा तिम्सिनाको वास्तविक परिचय खुलेको प्रहरीले जनाएको छ । 

तिम्सिनालाई फैसला कार्यान्वयनका लागि कारागार पठाउने तयारी भइरहेको छ। सर्वोच्च अदालतको बृहत पूर्णइजलासले गत असोज १४ गते राजकुमार तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो ।