Ad Image

उपनिर्वाचनका लागि रास्वपाले सुरु गर्‍यो उम्मेदवार छनोट प्रक्रिया

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp party nepal.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले रुपन्देही–३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि साउन ७ गते देखि उम्मेदवार छनोट प्रक्रिया सुरु गर्ने भएको छ ।

पार्टीको आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले साउन ७ गते बिहान १० बजेदेखि साउन २१ गते बेलुका ५ बजेसम्म पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी अनलाइन दरखास्त दिन सक्नेछन् ।

रास्वपाले उपनिर्वाचन सम्बन्धी थप जानकारीका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोग, लुम्बिनी प्रदेश समिति र रुपन्देही जिल्ला समितिसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

उम्मेदवार बन्नका लागि रास्वपाको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेको हुनुपर्नेछ । निर्वाचन आयोगले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन घोषणा गरेको छ ।