Ad Image

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rasuwa_syafrubesi-sadak.jpg

रसुवा । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी खण्ड  सडक आजदेखि सञ्चालनमा आएको छ । सो सडक सञ्चालनमा आएसँगै आजैदेखि काठमाडौं–टिमुरे बस गुड्न थालेको छ । 

नमस्ते पासाङल्हामु बस समितिअन्तर्गत धुञ्चेका काउण्टर प्रमुख सन्तोष तितुङका अनुसार काठमाडौंबाट यात्रुवाहक बस टिमुरे पुगेको हो । बाढीपछि टिमुरेको जनजीवन क्रमिक रूपमा सहज बन्दै गएको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए । 

मितेरी पुल भत्किएर केरूङ जाने सम्भावना नरहेपछि टिमुरे तथा घट्टेखोला र रसुवागढी आसपासमा छेकिएका ट्रक तथा कन्टेनर फर्किन थालेका छन् । ट्राफिक प्रहरीका अनुसार १५ वटाभन्दा बढी सवारीसाधन रित्तै काठमाडौंतर्फ फर्किएका हुन् । 

यसैगरी चीनबाट आयात गरी टिमुरेमा राखिएका दर्जनाँै विद्युतीय कार धमाधम काठमाडौँ लैजान थालिएको छ ।