Ad Image

कांग्रेसका दुई ध्रुव देउवा र शेखर एउटै मञ्चमा, के सन्देश दिँदै छन्?

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/newskarkahna-news871310..jpeg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता डा. शेखर कोइराला एकै मञ्चमा देखिएका छन् ।

बीपी कोइरालाको ४३औँ स्मृति दिवसको अवसरमा उनीहरू ’देश विकास र देशवासीको उन्नतिको आधार–बीपी विचार’ विषयक गोष्ठीमा सम्बोधन गर्न बसुन्धारा पुगेका थिए ।

पार्टीभित्र आन्तरिक राजनीतिक प्रतिस्पर्धा तीव्र भइरहेका बेला कांग्रेसका दुई ध्रुव देउवा र शेखरको यो उपस्थिति महत्त्वपूर्ण मानिएको छ ।

आगामी महाधिवेशनमा सभापतिका उम्मेदवार हुने घोषणा गरेका शेखर कोइरालाले आफ्ना निकटहरूसँगको सक्रियता बढाइरहेका छन् भने संस्थापन पक्ष उनलाई रोक्ने प्रयासमा छ ।