बीपीलाई नबुझेकै कारण राजसंस्था नागार्जुनमा थन्कियो : महामन्त्री शर्मा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेकै कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्पणी गरेका छन् ।
४३औं बीपी कोइराला स्मृति दिवसको अवसरमा मंगलवार बीपी स्मृति अस्पताल, वसुन्धरामा आयोजित एक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन् ।
शर्माले ’राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने बीपीको विचारलाई राजसंस्थाले गलत व्याख्या गरेको र त्यसकै परिणामस्वरुप नेपालमा राजसंस्थाको अन्त्य भएको दाबी गरे ।
उनले बीपी कोइरालालाई बुझ्ने सवालमा नेपालमा धेरै कमजोरी भएको उल्लेख गर्दै, नेपाली कांग्रेस, कम्युनिस्ट पार्टी र राजसंस्था कसैले पनि बीपीलाई उचित ढङ्गले बुझ्न नसकेको बताए ।