Ad Image

कांग्रेसका पाँच पदाधिकारी देउवा निवासमा, एमालेसँगको सहमतिबारे छलफल

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/GopalDahal-KTM-6_DG_0502copy.jpg

काठमाडौं । नेपाली कांग्रेसका पाँच जना पदाधिकारी सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका छन् ।

पूर्व पदाधिकारीमध्ये कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विजय गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत देउवा निवास पुगेका हुन् । सात जनाको समूहमा रहेका पूर्व पदाधिकारीमध्ये विमलेन्द्र निधि र डा. शशांक कोइराला भने भेटमा सहभागी छैनन् ।

हिजो सिंह निवास चाक्सीबारीमा बसेको सात जना पूर्व पदाधिकारीको बैठकमा भएका निर्णयहरू सभापति देउवालाई जानकारी गराउन उनीहरू बुढानीलकण्ठ पुगेका हुन् ।

कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति कार्यान्वयनका लागि सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने हिजोको बैठकको निर्णयअनुसार यो भेटघाट भएको हो ।