Ad Image

कुलिङ पिरियडमा कांग्रेस अडिग, एमालेको संशोधन स्वीकार्य छैन : प्रवक्ता महत

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/HariramBhetwal_KTM_RSS_06_1000205907.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडसम्बन्धी संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताएका छन् ।

बीपी स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कुलिङ पिरियड लागू हुनैपर्नेमा कांग्रेस अडिग रहेको स्पष्ट पारे । राष्ट्रिय सभामा रहेको विधेयकमा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै संशोधन प्रस्ताव राखेका छन् ।

तर, प्रवक्ता महतले यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने दोहोर्याए । उनले भूमि विधेयक लगायत महत्त्वपूर्ण विषयहरूमा एकलौटी लाद्ने काम स्वीकार्य नहुने भन्दै गठबन्धन सरकार सन्तुलित किसिमबाट अघि बढ्नुपर्नेमा जोड दिए ।