Ad Image

राष्ट्रपति पौडेलबाट भू–ढकान नक्सा सार्वजनिक

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Ramchandra-poudel-tanahu1678723945-2048x1023-1.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेसनल ल्यान्ड कभर म्याप २०२०\२०२२’ (राष्ट्रिय भू– ढकान नक्सा) आज राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरेका छन् ।

वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित सो भूक्षेत्र नक्सा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जङ्गल कायम हुनुपर्ने बताए । उनले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । 

सार्वजनिक भएको सो नक्सामा उल्लेख भएअनुसार देशभर जङ्गलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत रहेको छ, भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ ।