Ad Image

‘कुलिङ पिरियड’ प्रकरण : छानबिन समितिको म्याद ७ दिन थपियो

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Chhanbin-Samiti-.jpg

काठमाडौं । निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ प्रावधानसम्बन्धी गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थपिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकले सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको म्याद थपसम्बन्धी प्रस्तावलाई सर्वसम्मत रूपमा स्वीकृत गरेको हो ।

गत असार २३ गते गठित उक्त समितिलाई सुरुमा २१ दिनको समय दिइएको थियो, जुन साउन ११ गते सकिँदै थियो । अब साउन १९ गतेसम्म समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने गरी म्याद बढाइएको छ ।

समितिमा नेपाली कांग्रेसका जीवन परियार (सभापति) र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले २ वर्षको ‘कुलिङ पिरियड’ लागु हुने गरी विधेयक पारित गरे पनि, विधेयकमा उक्त प्रावधान नै निष्क्रिय हुने भाषा परेपछि विवाद उत्पन्न भएको थियो ।