Ad Image

दुर्घटनामा परेर नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिना गम्भीर घाइते

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/accident-scaled_.jpg

काभ्रेपलाञ्चोक। दुर्घटनामा परेर काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते भएका छन् । शनिवार बिहान 

नमोबुद्ध–२ बीस किलोमा स्कुटर एक आपसमा ठोक्किँदा पूर्वमेयर तिमल्सिना गम्भीर घाइते भएका हुन् ।

बीपी राजमार्ग सडकखण्डमा नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा६२प ३५७८ नं.को स्कुटर र पूर्व मेयर तिमल्सिना सवार स्कुटर बा.प्र. ०३–०२–००७ प ८८०० ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर टाउकोमा चोट लागेका तिमल्सिनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । 

स्कुटर चालक पूर्वमेयरका छोरा किशोर तिमल्सिना सामान्य घाइते छन् । अर्को स्कुटरका चालक समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।