Ad Image

एक वर्षमा १ सय ३३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sarbajanik12.jpg

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षमा १ सय ३३ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा १ सय ३३ वटा निर्माण कम्पनी, बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक तथा आपूर्तिकर्ता कालोसूचीमा परेका हुन् । 

कालोसूचीमा परेका कुल कम्पनीमध्ये ५ वटा कम्पनी कालोसूचीबाट हटेका छन् भने २० वटा कम्पनी निलम्बनमा परेका छन् ।

सार्वजनिक खरिद प्रक्रियाका सर्त पूरा नगर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा कालोसूचीमा राख्न सक्ने व्यवस्था सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४१ मा छ ।