Ad Image

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pashupati-monday4.jpg

काठमाडौं । आज साउनको दोस्रो सोमबार पशुपतिनाथ लगायत देशभरिका शिवालयहरूमा दर्शनार्थीको भीड लागेको छ । भक्तजनको सहजताका लागि सोमबार बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खोलिएका छन् ।

गए रातिदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको भए पनि शिवालयहरूमा भिड कम भएको छैन । दर्शनार्थीहरु छाता ओढेर नै शिवालयहरूमा पुगेका छन् ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा रहिआएको छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।