प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मध्य एसियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जाने भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद् स्रोतका अनुसार, प्रधानमन्त्री ओली आगामी साउन १८ देखि २३ गतेसम्मका लागि भ्रमणमा जान लागेका हुन् ।
उनी भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) मा सहभागी हुन तुर्कमेनिस्तानको अभाजा जाँदैछन् ।