अमेरिकामा अन्धाधुन्द गोली प्रहार, ५ जनाको मृ*त्यु


न्युयोर्क । अमेरिकाको न्युयोर्क शहरको मिडटाउन अफिस भवनमा अन्धाधुन्ध गोली प्रहार गरिँदा २ जनाको मृत्यु भएको छ । यो घटना न्युयोर्कको म्यानहट्टनस्थित एक भवनमा भएको हो। प्रहरीका अनुसार गोली हान्ने व्यक्ति एक जना मात्र थिए।
सीबीएस न्युजका अनुसार आक्रमणकारी पनि आफैँलाई गोली हानेर मरेका छन्। न्यूयोर्क शहरका मेयर एरिक एडम्सले सोशल मिडियामा पोस्ट गरेका छन् कि मिडटाउनमा सक्रिय शूटर अनुसन्धान भइरहेको छ। उनले मानिसहरूलाई घरभित्रै बस्न र सुरक्षा सावधानी अपनाउन आग्रह गरेका छन् ।
यसैगरी, संयुक्त राज्य अमेरिकाको नेभाडामा सोमबार एक क्यासिनो बाहिर गोली चल्दा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । न्यूयोर्क पोस्टको रिपोर्टका अनुसार घटना बिहान ७ः२५ बजे (स्थानीय समय) डाउनटाउन रेनोको ग्रान्ड सिएरा रिसोर्टको भ्यालेट पार्किङ क्षेत्र नजिक भएको हो। घटनाका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।