विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ: उर्जामन्त्री खड्का
No Author Assigned | २०८२ साउन १३ गते ०१:१४
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ काे अवस्था नरहेको स्पष्ट पारे । आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा लोडसेडिङकाे अवस्था नरहेको बताए ।
उनले भने, “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ”, उनले भने, “वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”
मन्त्री खड्काले वर्षौंदेखि अलपत्र बहुप्रतिक्षित पञ्चेश्वर परियोजनालाई दुई देशको हितमा हुने गरी गर्न गृहकार्य भइरहेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनालाई अघि बढाउन महत्त्वपूर्ण सम्झौता गर्न मन्त्रालयले गृहकार्य गरिरहेको उनले जानकारी दिए ।
Facebook Comments