Ad Image

रास्वपा संसदीय दलको बैठक : भिजिट भिसा प्रकरणमा छानबिनको माग यथावत्

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rsp sansdiya.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी जस्तो सङ्गठित अपराधमा न्यायिक वा संसदीय छानबिन समितिको मागसहितको विरोध जारी राख्ने निर्णय गरेको छ ।

बुधबार रुपन्देहीको भैरहवामा बसेको संसदीय दलको बैठकले यो महत्वपूर्ण निर्णय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा सदन र संसदीय समितिहरूमा विभिन्न विधेयकहरूमा भइरहेको छलफलमा रास्वपाको सहभागिता र सक्रियता बढाउनेबारे पनि छलफल भएको थियो ।

साथै, देशभित्र र प्रवासमा सङ्गठनको कार्यक्रमहरूमा रास्वपा सांसदहरूको उपस्थिति अझ प्रभावकारी बनाउने विषयमा समेत सहमति जुटेको छ ।

कार्यवाहक सभापति डोल प्रसाद अर्यालले बैठकमा समसामयिक राजनीतिक अवस्था, भ्रष्टाचारमा मुछिएका मन्त्रीहरू, र पार्टीले जारी राखेको हस्ताक्षर सङ्कलन अभियानबारे दलका सदस्यहरूलाई जानकारी गराएका थिए । 

बैठकले बर्दिया जिल्ला सभापति विपिन पौडेलको सिङ्गापुर भ्रमणका क्रममा भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।