Ad Image

थानकोट–चित्लाङ सडक स्तरोन्नतिलाई गति दिन मन्त्री दाहालको निर्देशन

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bhautik mantri.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडकको स्तरीकरणलाई गति दिन निर्देशन दिएका छन् । आज सडक निरीक्षणपछि उनले काठमाडौं जोड्ने यो छोटो मार्ग आर्थिक विकास र समृद्धिको सहयोगी बन्ने बताए ।

मन्त्री दाहालले यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म पर्याउन र पर्यटकीय क्षेत्रको विकास गर्न सहयोग पुग्ने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पर्याउने विश्वास व्यक्त गरे ।

उनले निर्धारित समयमा काम पूरा गर्न र आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न सडक विभागलाई आग्रह गरे । विकासका संरचनाले नागरिकको जीवनमा समृद्धि ल्याउन सक्नुपर्ने भन्दै उनले यो सडकको निर्माणमा तदारुकता दिनुपर्नेमा जोड दिए ।