नेताको घरदैलोमा खानेपानी माग्न जाने स्थिति अन्त्य हुनुपर्छ : श्रेष्ठ


काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले खानेपानीका लागि नेता र मन्त्रीको घरदैलोमा धाउनुपर्ने स्थितिको अन्त्य हुनुपर्ने बताएका छन् ।
बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो अवस्था मौलिक अधिकार र प्राथमिकताको विषय दुवैका लागि हानिकारक भएको बताएका हुन् ।
अहिले पठाएको बजेटले २०\२५ वर्षमा पनि योजना पूरा नहुने अवस्था रहेको भन्दै मधेस लगायतका स्थानमा देखिएको खानेपानी समस्या समाधानका लागि प्राथमिकताका साथ योजना बनाउनुपर्नेमा श्रेष्ठले जोड दिए ।
उनले तीन तहका सरकारले सही ढंगले कार्ययोजना बनाउन नसकेका कारण समस्या देखापरेको र काम गर्न सक्ने कुरामा पनि संघ वा तीन तहको सरकार देखाएर पन्छिने प्रवृत्ति रहेको आरोप लगाए ।