Ad Image

चुरेमा पानी अडिँदैन, भारतले खिचेको हुन सक्छ : वामदेव गौतम

User Image मेयरसाप डेस्क | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bamdev_g4UrFrXySp.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले तराई मधेसमा देखिएको पानीको समस्या समाधानका लागि हरेक पाँच किलोमिटरमा पोखरी निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बिहीबार राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो प्रस्ताव राखेका हुन् ।

गौतमले ठोरीको नहरबाट पानी लगेर ८ जिल्लामा रिचार्ज गर्न सकिने र राजमार्गभन्दा दक्षिणतर्फ ४० वटा पोखरी निर्माण गरी २–३ महिनामै परिणाम दिन सकिने बताए ।

उनले चुरेमा पानी नअडिने र नेपालको तराईमा पानीको समस्या भारतले पानी खिचेका कारण भएको हुनसक्ने आशङ्का व्यक्त गर्दै जासुसी तरिकाले अध्ययन गर्नुपर्नेमा जोड दिए ।