Ad Image

मन्त्रिपरिषद् हेरफेरबारे बालुवाटार बैठक मौन, बागमतीमा केन्द्रित छलफल

User Image मेयरसाप डेस्क | २१ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/fbdfc0ca-d1d9-468e-bc88-7346207b00ae.jpeg

काठमाडौं । सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच बालुवाटारमा भएको छलफल संघीय सरकारको मन्त्रिपरिषद् हेरफेरबारे केन्द्रित नभएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् ।

नेता खड्काका अनुसार, बैठकमा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, विधेयकहरूलाई टुङ्ग्याएर कानुन निर्माण गर्ने र बागमती सरकारको अवस्थाबारे सामान्य समीक्षा भएको थियो । बागमती प्रदेश सरकारको समस्या कांग्रेसले नै समाधान गर्ने र एमालेले सहयोग गर्ने सहमति भएको उनले जानकारी दिए ।

बैठकमा संसद्मा विचाराधिन विधेयकहरू, कानुन संशोधनका विषयहरूबारे महान्याधिवक्ता रमेश बडालसँग छलफल भएको जनाइएको छ । आजको बैठकमा विशेषगरी कानुन संशोधनकै विषयमा केन्द्रीत भएर नेताहरूबीच छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।