Ad Image

१२ कक्षाको नतिजा सार्वजनिक हुँदै

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rastrya exam borad.jpg

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । शैक्षिक क्यालेन्डरअनुसार साउन १५ गतेभित्र नतिजा आइसक्नुपर्ने भए पनि शिक्षकहरूको २९ दिने आन्दोलनका कारण १० दिन ढिलाइ भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार, परीक्षा ढिलागरी भएकाले नतिजा सार्वजनिकमा ढिलाइ भएको हो । “प्राविधिक पाटोमा धमाधम काम भइरहेको छ। २५ साउनभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ,“ उनले भने ।

गत वैशाख ११ गतेका लागि तय भएको परीक्षा शिक्षक आन्दोलनका कारण वैशाख २१ गतेदेखि सुरु भएको थियो । यस परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी थिए । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघले चैत २० गतेदेखि २९ दिनसम्म आन्दोलन गरेका कारण परीक्षा सारिएको थियो ।