Ad Image

सङ्खुवासभाको सिसुवाखोलामा पक्की पुल सञ्चालन

User Image मेयरसाप डेस्क | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sankhuwasabha-bridge-3172025010521-1000x0.jpg

काठमाडौं । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा ४५ मिटर लामो पक्की पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रु ४ करोड ६५ लाखको लागतमा बनेको यो पुल उद्घाटन गरेका हुन् ।

सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण भएको यो पुलले सिसुवा, वाला र ताम्कु जस्ता दुर्गम बस्तीहरूलाई खाँदबारी बजारसँग प्रत्यक्ष जोड्नेछ । यसले यातायात आवागमन सहज हुनुका साथै कृषि उत्पादन ढुवानी र सेवा प्रवाहमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ ।

सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले पुलले ग्रामीण क्षेत्रको समग्र आर्थिक र सामाजिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । पुल निर्माणपछि स्थानीय बासिन्दाहरूले वर्षौंदेखिको जोखिमपूर्ण यात्राबाट मुक्ति पाएका छन् ।