मध्यरातमा प्रहरीले समायो चक्रे मिलनसहित ४७ जना ‘गुन्डा’

काठमाडौं। प्रहरीले बिहीवार राति ठमेल र महाराजगञ्ज क्षेत्रमा चलाएको अप्रेसनबाट चक्रे मिलनसहित ४७ जना भन्दाबढी ‘गुन्डा’ पक्राउ परेका छन् ।
चक्रे मिलनको ‘बर्थडे पाटी’मा गुण्डागर्दीमा संलग्न व्यक्तिहरु भेला भएको सूचनाको आधारमा सादा पोशाकमा काठमाडौं प्रहरी परिसर र उपत्यका अनुसन्धान कार्यालयको टोलीले संयुक्त रुपमा अप्रेसन चलाएको थियो । चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् ।
प्रहरीले बुधवार बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।