नेपाली फाइटर रविन्द्र ढाँटले जिते एमएफएनको उपाधि


काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले भारतको नोयडामा भएको म्याट्रिक्स फाइटर नाइट (एमएफएन)को उपाधि जितेका छन् । शनिबार राति भएको खेलमा उनले साविक विजेता चोगंरेन कोरेनलाई हराएका हुन् । यो जितसँगै उनी बान्टमवेट बेल्ट प्राप्त गर्ने पहिलो नेपाली फाइटर बनेका छन् ।
व्यावसायिक करियरमा यो ढाँटको नवौँ उपाधि हो । आफ्नो जितको श्रेय उनले प्रशिक्षक दिविज पिया लाई दिएका छन्, जसले ढाँटको प्रतिभालाई पहिचान गर्दै व्यक्तिगत खर्चमा प्रशिक्षण र तयारीमा सहयोग गरेका थिए ।
ढाँटलाई लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बधाई दिएका छन् । दिविज पिया नेपाली एमएमएका अग्रणी व्यक्तित्व तथा नेपाल वारियर्स च्याम्पियनसिपका संस्थापक हुन्, जसबाट ढाँटको प्रतिभा बाहिर आएको थियो ।