संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दै

No Author Assigned | २०८२ साउन २० गते १६:३५
Image of https://mayorsap.com/storage/photos/10/_DG_0730.jpeg

काठमाडौं । संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिनको १ः०० बजे बस्नेछ । जुन बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुनेछ । जुन बैठक दिनको १ः०० बजेबाट सुरू हुनेछ । 


Facebook Comments