रास्वपाकाे समानुपातिक उम्मेदवारबाट नाम हटाउन महर्जनको माग

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kusum sharma.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन पार्टीलाई निवेदन दिएकी छन् ।

आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि उनले यस्तो निवेदन दिएको बुझिएको छ ।

महर्जनको निवेदनमाथि आज दिउँसो ३ बजे बस्ने रास्वपाको सचिवालय बैठकमा छलफल हुनेछ । पार्टीले उपनिर्वाचनको तयारी सुरु गरिसकेको छ । 

प्रवक्ता मनीष झाका अनुसार आजको बैठकले उपनिर्वाचनमा सहभागी हुनका लागि दल दर्तासहितका अन्य तयारीबारे निर्णय गर्नेछ ।


Facebook Comments