‘कुलिङ पिरियड’ छानबिन समितिकी सदस्य कार्की भन्छिन्– ठूला दलका कारण चाहे जस्तो निष्कर्ष निकाल्न सकिएन्

No Author Assigned | २०८२ साउन २० गते १५:३१
Image of https://mayorsap.com/storage/photos/10/roshan.jpg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद एवं कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन गर्न गठित विशेष समितिकी सदस्य रोशन कार्कीले ठूला दलहरुको दबाबका कारण चाहे जस्तो निष्कर्ष निकाल्न नसकिएको बताएकी छन् । 

आज समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद कार्कीले यस्तो बताएकी हुन् । 

उनले नैतिकता भन्ने शब्दसँग ठूला दल डराएपछि प्रतिवेदनमा नैतिकता भन्ने शब्द राख्ने विषयमा सहमति जुट्न नै दुई दिन लागेको समेत बताइन् । नैतिकता भन्ने शब्द राख्न समितिभित्रै माओवादी, रास्वपा र राप्रपाले ठूलो दबाब दिनुपरेको समेत उनले बताइन् । 

 


Facebook Comments