Ad Image

भारतको उत्तराखण्डमा भीषण बाढीपहिरोः ४ जनाको मृत्यु, ५० बढी बेपत्ता

User Image मेयरसाप डेस्क | १९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/badi00.PNG

एजेन्सी । भारतको उत्तराखण्ड राज्यको उत्तरकाशीमा मंगलवार आएको भीषण वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ । उत्तरकाशीको हर्षिल क्षेत्रमा ‘क्लाउडबर्स्ट’ वर्षापछि आएको भीषण बाढीले अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीमा ५० भन्दा बढी मानिस बेपत्ता भएका छन् ।

बाढी तथा पहिरोले कैयौँ होटल तथा होमस्टेमा समेत क्षति पुगेको छ । मंगलवार दिउँसो २ बजे धरालीमा बाढी आएको हो ।

बाढीले होटल, बजार र आवासीय घरसमेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस क्षेत्रमा अहिले उद्धार कार्य सुरु गरिएको छ । क्षतिको विवरण आउन केही समय लाग्ने अधिकारीहरूले जनाएका छन् ।