Ad Image

महिलालाई सामूहिक बला*त्कार गर्ने २ जना पक्राउ

User Image मेयरसाप डेस्क | १५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rape.jpg

काठमाडौं । पर्सामा एक ३४ वर्षीया महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

घटना भएको करिब तीन महिनापछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ का ४० वर्षीय नेक महमद र रौतहटका २१ वर्षीय अफताब अन्सारी छन् ।

प्रहरीका अनुसार, उनीहरूले वैशाख २० गते गोठबाट फर्किँदै गरेकी महिलालाई अपहरण गरी वीरगन्जको एक होटलमा तीन दिनसम्म बन्धक बनाएर बलात्कार गरेका थिए । उनीहरूलाई वैशाख २३ गते घडिअर्वा पोखरीमा लगेर छाडेर भागेका थिए ।

मंगलबार वीरगन्जको प्रतिमा चोकबाट पक्राउ परेका दुवै आरोपीमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको छ ।