Ad Image

रास्वपाले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/529218381_738845232188807_3239447246289961115_n.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकको मस्यौदामा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी भएको भन्दै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ ।

पार्टी सचिवालयको बैठकले सोही विषयमाथि छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनलाई आधार मान्दै यो निष्कर्ष निकालेको हो । प्रतिवेदनले कानुन निर्माण प्रक्रियामा आवश्यक समन्वय गर्न नसकेको भन्दै सभापति खतिवडालाई नैतिक जिम्मेवार ठहर्याएको थियो ।

यसैबीच, रास्वपाले आफ्नो पार्टीभित्र पनि उच्चपदस्थ सरकारी कर्मचारीहरूका लागि कुलिङ अफ पिरियडको व्यवस्था लागू गर्ने प्रस्ताव अघि सारेको छ ।

प्रस्तावअनुसार, सरकारी सेवाबाट निवृत्त भएको दुई वर्षसम्म कसैलाई पनि पार्टीको सदस्यता नदिने गरी विधान संशोधन गर्ने तयारी गरिएको छ ।