‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि’ संविधान विपरीत भएको विपक्षी दलहरूको ठहर


काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधानविपरीत रहेको निष्कर्ष निकालेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकले यो कार्यविधि स्वमूल्याङ्कनको नाममा साना दलहरूलाई नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको ठहर गरेको हो ।
माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार, सत्ता गठबन्धनमा रहेका कांग्रेस र एमालेले निर्वाचन आयोगलाई यो कार्यविधि जारी गर्न अनुमति दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो कार्यविधि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ सँग मेल नखाने र यसमा प्रस्तावित प्रावधानहरू संविधान र कानुनको मर्मविपरीत रहेको बताए ।
बैठकमा रास्वपा, जनमत, आम जनता पार्टी, राप्रपा, लोसपा, नागरिक उन्मुक्ति लगायतका दलका प्रतिनिधिहरूले पनि उक्त कार्यविधि लोकतन्त्र र दलको स्वायत्तताको विरुद्धमा रहेको भन्दै यसको विरोधमा सङ्घर्ष गर्न आवश्यक रहेकोमा जोड दिए ।
Facebook Comments