केटा साथीको घरमा गएकी १८ वर्षीया किशोरीको रहस्यमय मृ*त्यु

User Image मेयरसाप डेस्क | १३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/death-woman.jpg

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, बोझेपोखरीमा रहेको साथीको घरमा गएकी एक १८ वर्षीया किशोरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, बुधबार दिउँसो साथीको घरमा गएकी ती किशोरी बेहोस भएपछि उनलाई उपचारका लागि ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भएको घोषणा गरिएको थियो ।

मृतकको शवलाई पोस्टमार्टमका लागि पठाइएको र घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धानका लागि किशोरीका १८ वर्षीय साथीलाई सातदोबाटो प्रहरी वृत्तमा राखेको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार, उनीहरू प्रेम सम्बन्ध रहेको बुझिएको छ ।


Facebook Comments