‘निर्वाचन आयोगको ‘स्वमूल्याङ्कन’ कार्यविधि कांग्रेसलाई अस्वीकार्य’

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/gagan_thapa_z7tW8zfnDl.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन आयोगले तयार पार्न लागेको ’राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि’ आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताएका छन् ।

उनले यस कार्यविधिलाई स्वमूल्याङ्कनको नाममा दलहरूमाथि नियन्त्रण गर्ने प्रयासको रूपमा लिएको बताएका छन् ।

महामन्त्री थापाले भने, ‘जनताबाट निर्वाचित भएका दलहरूलाई नियमन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन।’

उनले आयोगको यो प्रयासप्रति कांग्रेसको शतप्रतिशत असहमति रहेको स्पष्ट पारेका छन् ।


Facebook Comments