आज राष्ट्रिय सभा बैठक बस्दै, जलस्रोत विधेयक पेश गरिने

User Image मेयरसाप डेस्क | २०८२ साउन २३ गते ०७:३८
Image of https://mayorsap.com/storage/photos/10/rastya.PNG

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः१५ बजे बैठक बस्नेछ । 

 अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा जानकारी गराउने छन् ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परिक्षकको ६२ औं वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन् भने विधायन व्यवस्थापन समितिको सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित ‘जलस्रोत विधेयक, २०८१ सबन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्षा पेस गर्नेछिन् । 


Facebook Comments