पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/pahiro.jpg

धादिङ । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ । रूखसहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो । 

पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

पहिरोका कारण काठमाडौं जाने सवारीसाधन गजुरी र काठमाडौंबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन् । लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ ।


Facebook Comments