सिँचाइका लागि मोटर जडानका क्रममा करेन्ट लागेर एक जनाको मृ*त्यु


सप्तरी । आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ ।
स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
करेन्ट लागेका इसरको घटनास्थलमै ज्यान गएको छ । ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो ।
Facebook Comments